परिवर्तनका लागि यौन……….
परिवर्तनका लागि यौन स्वतन्त्रता आवश्यक: नायिका विपना थापा
——————————————————————————–
‘एकैछिन है…’ कुराकानीलाई बीचैमा रोकेर उनि ग्राहकको चित्त बुझाउँन तिर लागिन । यसको मोल यति, अनि त्यसको मोल त्यति । तपाईलाई यति छुट, फेरी पनि आउँनु ल । ग्राहकलाई विदा गरेपछी फेरी कुराकानीलाई अगाडी बढाइन । तर, कुराकानी भने ब्यपारबारे होइन, नेपाली सिनेमाबारे । हो, भाटभटेनी स्थित एक फेसन क्लबमा किनमेलका लागि छिर्नुयो भने विक्रेताका रुपमा नेपाली चलचित्रमा स्थापित एउटा अनुहार देख्नुहुने छ । उनि हुन नायिका विपना थापा । यिनै नायिकासँग फिल्मनेपाल डट कमले गरेको कुराकानीको अंश :
आजकलको ब्यस्तता के मा नि ?
निर्माणाधिन दुई सिनेमामा सलंग्न छु । भरखरै भाटभटेनीमा एउटा फेसन क्लब सुरु गरेकी छु ।
नायिकाकै रुपमा सँधै टिक्न सकिदैन भन्ठानेर फेसन-ब्यबसायतिर मन तानियो कि कसो ?
एउटा कारण त्यो पनि हो । तर, फेसनमा मेरो मन मात्र भरखरै तानिएको भने हैन । सय भन्दा बढि सिनेमामा म आफै फेसन डिजाइनरको रुपमा काम गरीसकेकी छु । नेपाली चलचित्रमा प्रयोग भईरहेको फेसनको शैली र स्तरमा चित्त बुझेन । सिने उद्योगको सुधारका लागि ब्यबसायिक रुपले मैलै थालेको प्रयास हो यो ।
सिने उद्योग ब्यापार मात्र हो वा यसको अरु सामाजिक भूमिका पनि छ ?
पक्कैपनि यो ब्यापार हो । सँगसँगै थुप्रै मान्छेको सोख र रहरसँग यसको सम्बन्ध छ । सजिलै मन छुन सक्ने सिनेमा कला क्षेत्रको सर्वोच्च बिद्या हो । खासगरी सर्वसाधरणको चेतनास्तर बृद्धिका लागि पनि यसले उत्तिकै भूमिका खेलेको हुन्छ ।
१३ वर्षदेखि नेपाली सिनेमासँग नजिक हुनुहुन्छ । यो बीचको परिर्वतनको गति कस्तो देख्नुभयो ?
ऊ बेला बनेका प्रायः सबै सिनेमा चल्थे । केही मार्मिक पक्ष समेटेपछि असफल हुने कुरा थिएन । तर, अहिलेका दर्शक स्तरियता खोज्छन् । यतिसम्मको स्तरियता की, नेपाली सिने उद्योगको स्रोत र साधनले नै थेग्न नसक्ने । त्यै पनि हामी दर्शकको मन जित्न प्रयत्नशिल नै छौं ।
नायिकाहरुलाई प्रायः ग्ल्यामर भूमिकामा उतार्ने चलन छ, गम्भिर वा महत्वूर्ण भूमिकामा कमै भेटिन्छ किन ?
ग्ल्यामर भन्ने शब्द नै केटी मान्छेसँग नजिक छ । नायिकालाई हेर्ने नजर नै अरुलाई भन्दा भिन्न हुन्छ । दर्शकले यस्तै आशा गर्छन जस्तो लाग्छ ।
(more…)