एसएलसी नतिजा र्सार्वजनिक अहिलेसम्मकै बढी उत्तीर्ण
गणेश र्राई
”
काठमाडौं, असार ८ - परीक्षा निणन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसीको नतिजा
आइतबार र्सार्वजनिक गरेको छ । नियमित र एक्जाम्टेडतर्फगरी २ लाख १५ हजार २४
परीक्षार्थी उत्तीर्ण
भएका छन् । नियमिततर्फ६३ दशमलव ७३ र एक्जाम्टेडतर्फ३२ दशमलव २४ प्रतिशत उत्तीर्ण
भएका हुन् । नियमिततर्फ१ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ१९ हजार ३ सय ३५
उत्तीर्ण भएका छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना
सामेल थिए ।
यस पटक कक्षा १० को पाठ्यपुस्तकबाट मात्र प्रश्न सोधिएकाले उत्तीर्ण प्रतिशत बढेको
परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताए । दस कक्षाबाट मात्र प्रश्न निकालिएको
र पहिलेका वर्षा जस्तो द्वन्द्वको असर नभएकाले उत्तीर्ण प्रतिशत बढेको हुनसक्छ, उनले
भने । उत्तीर्ण मध्ये नियमिततर्फछात्र ६८ प्रतिशत र छात्रा ५९ प्रतिशत छन् ।
नियमिततर्फ उत्तीर्ण मध्ये ९ हजार ८ सय ८२ जना विशिष्ट श्रेणी प्राप्त छन् । यसैगरी
प्रथम श्रेणीमा ७४ हजार ७ सय ७, सबैभन्दा धेरै दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय
९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फपहिलो श्रेणीमा ६ सय ३५,
दोस्रोमा १५ हजार ७ सय ९३ र २ हजार ९ सय ७ जना तेस्रो श्रेणीमा उत्तीर्ण छन् ।
सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षा मध्यरातमा मात्र नतिजा
प्रकाशन गर्ने परम्परा तोड्दै यस वर्षसाँझ आठ बजे परीक्षाफल
प्रकाशन गरेको हो । समाचार संकलनका लागि नियन्त्रण कार्यालय हातामा सञ्चारकर्मीको
भीड लागेको थियो । नियन्त्रक श्रेष्ठले छिटो नतिजा र्सार्वजनिक गर्न सकेकामा खुसी
व्यक्त गरे ।
src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
जन्ममिति नमिलेकालगायत प्राविधिक त्रुटिले १ हजार ४ सय ७७ परीक्षार्थी विथहेल्डु मा
परेका छन् । यो पटक विगतझैं
पाँच नम्बर ग्रेसमार्क दिइएको उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।
विद्यार्थीको लब्धांकपत्र एक साताभित्र छापिने र असार महिनाभर विद्यालयहरूमा पुर्याइने
जनाइएको छ ।
दुई विषयसम्म अनुत्तीर्णलई पूरक परीक्षाको मौका दिइएको छ । पूरक परीक्षा आगामी साउन
२३ गतेबाट हुनेछ । परीक्षाको नतिजा गोरखापत्र र अन्नपूर्ण पोस्ट दैनिकमा छापिने छन्
। सरकारले २०६२ सालदेखि बोर्ड प्रथमु र सर्वोत्कृष्ट दस घोषणाको प्रथा हटाएको छ । इकान्तिपुर
For Results click below.
|
SLC Result Search with Simbol Nos. |
SLC Result View with all Simbol Nos. |